सुन तोलामा २ सयले घट्यो, कारोबार रकम १ लाख
काठमाडाैं | मंसिर २७, २०७९
काठमाडौं: मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २०० रुपैयाँ घटेर एक लाख रुपैयाँमा कारोबार भएको हो ।
सोमबार छापावल सुन प्रतितोला १ लाख २०० रुपैयाँ रहेको थियो । यस्तै मंगलबार तेजावी सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

